तिहारको बिदामा पनि अदालत खुल्ला, शुक्रवार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ

नेपालगन्ज : तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सुनुवाइ भएको छ । शुक्रबार माननीय न्यायाधीश केशव राज जोशीको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेको हो ।

बन्दी सतिश बिकले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याई पाउ भनी दिएको निवेदनमा सुनुवाइ गर्दै सतिश बिकलाई थुना मुक्त गर्न आदेश गरेको छ ।

ज्यानमार्ने उद्योग मुद्दामा बाँके जिल्ला अदालतवाट १ वर्ष ६ महिना कैद सजाय पाएका खजुरा गाउँ पालिका ३ का सतिश वि.ककाे मुद्दा उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासले पनि सदर गरेको प्रतिवादी सतिश वि.क.ले मुद्दा हाेदरयाइ पाउ भनी उच्च अदालत तुलसीपुर नेपालगन्ज मार्फत निवेदन सर्बोच्च अदालत पुगेका थिए ।

उच्च अदालत इजलास नेपालगन्जले मुद्दा दाेहरयाइ पाउ भन्ने निवेदनमा दर्ताको अनुमति दिई सर्बोच्च अदालतमा जानू भनी तारेख ताेकी दिएकाे अवस्थामा बाँके जिल्ला अदालतवाट फैसला कार्यान्वयनका खटिएका प्रहरीले पक्राउ गरि जिल्ला अदाफतकाे कैदी पुर्जीले कारागार पठाएकोमा उक्त बाँके जिल्ला अदालतकाे आदेश उच्च अदालतले मुद्दा हाेहरयाइ पाउ भनी दिएकाे आदेश बिपरित भइ कानुन बिपरितकाे थुना भएको भनी बन्दीप्रत्यक्षीकरणकाे रीट निवेदनलिई निवेदक उच्च अदालत नेपालगन्जमा गएका थिए ।

निवेदकका तर्फबाट अधिवक्ताद्वय वासुदेव ज्ञवाली र पदम पाण्डेय तथा विपक्षीको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका न्यायधिवक्ता देवराज भारतीले पैरवी गरेका थिए ।

यस अघिनै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सुचना जारी गरि कार्तिक १८ गते देखि भाइटिकाको भोलिपल्ट सम्म अदालत बन्द रहने र सो अवधिमा पर्न आउने बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न तथा मुलुकी फौजदारी कार्यबिधी संहिता २०४७ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमती प्रदान गर्ने समेतका लागि तिहारको भाइटिकाको दिन (शनिबार) बाहेक अन्य बिदाको दिनमा अदालत खुल्ला रहने जनाएको छ ।

हेर्नुस् अदालतको आदेश

प्रतिक्रिया