नेकपा (एस) बैजनाथ वडा नम्बर ४ को वडा भेला सम्पन्न, अध्यक्षमा शाह चयन

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँके संगठन निर्माण कार्यलाई तिब्रता दिदै आएको छ ।

बाँकेका स्थानिय तहमा वडाभेला गर्दै आएको एकीकृत समाजबादी बाँकेले मंगलबार बैजनाथ गाउँपालिका वडा नम्बर ४ को वडा भेला सम्पन्न गरेको छ ।

नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर सुनारको प्रमुख अतिथिमा सम्पन्न भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ।

भेलाले बैजनाथ गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा जय बहादुर शाह, उपाध्यक्षमा धन बहादुर थापा, जनक बहादुर सिंह तथा महिला उपाध्यक्षमा आशा शाही चयन भएका छन् । त्यस्तै वडा सचिबमा धन बहादुर बुढा, सह सचिवमा यलिया पुन र कोषाअध्यक्षमा कुशम कुमारी परियार चयन भएका छन् ।

भेलामा बाँके जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य अशोक कोइराला, नेकपा एसका नेताहरू अब्दुल हुँसैन खान, लाल बहादुर खत्री, मन कुमारी चन्द, भद्र प्रशाद देवकोटा, दिपक जिएम, ऋषि पोखरेल लगायतको सहभागीता रहेको थियो ।

वडा भेलाबाट निर्वाचित ब्यक्तिहरुलाई मंगलबार नै प्रमुख अतिथी सुनारले पार्टीको गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया