पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको बिरोधमा अनेरास्ववियू बाँकेद्वारा बिरोध प्रदर्शन

नेपालगन्ज : पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुमा गरिएको मूल्य वृद्धिको बिरोध नेकपा एकीकृत समाजबादी निकट बिद्यार्थी संगठन अनेरास्ववियू बाँकेले बिरोध प्रदर्शन गरेको छ ।

विद्यार्थीसंगै आम जनताको दैनिक जिवनयापनमा नै असर पर्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र दैनिक उपभोग्य बस्तुमा गरिएको चरम मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियू बाँकेले नेपालगन्जको बिपि चोकमा बिरोध प्रदर्शन गरेको हो ।

सोमबार नेपालगन्जको बिपि चोकमा अनेरास्ववियू बाँकेले अरु हामी जान्दैनौ मूल्य वृद्धि मान्दैनौ, मुल्य वृद्धि चाहिदैन जन्ता मार्न पाहिदैन, आयल निगममा भएको भ्रष्टाचार, बेथिति र अनियमितता अन्त्य गर, मुल्य वृद्धि फिर्ता गर, लगयतका नारा लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटी अध्यक्ष टेकेन्द्र मल्ल समेतको उपस्थितिमा नेपालगन्जमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोध गरिएको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष मल्लले सरकारले पेट्रोलियम पदार्थ संगै दैनिक उपभोग्य बस्तुमा गरिएको चरम मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने बताएका छन्, साथै मल्लले आन्दोलनलाई सम्बोधन गर्दै मूल्य वृद्धि फिर्ता नभए अनेरास्ववियूले प्रदेश भर नै आन्दोलन चर्काउने बताएका छन् ।

त्यस्तै अनेरास्ववियू बाँकेका कार्यबाहक अध्यक्ष इन्द्र बस्नेतले बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै मूल्य वृद्धि फिर्ता नभए अनेरास्ववियू बाँकेले आन्दोल चर्काउदै लैजाने बताएका थिए ।

प्रतिक्रिया