नेपालगन्ज : नेकपा (एकीकृत समाजबादी) को भातृसंगठन युवा संघ नेपाल खजुरा गाउँपालिकाको अध्यक्षमा बिकास काउचा चयन भएका छन् ।
शनिबार एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य तथा पुर्व राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यता सम्पन्न गाउँ कमिटी घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा समाजबादीको युवा संगठन युवा संघ नेपाल खजुरा गाउँ पालिका कमिटीको पनि घोषणा गरिएको हो ।

बिकास काउचा मगरको अध्यक्षतामा ६२ सदस्यीय युवा संघ नेपाल खजुरा गाउँ कमिटिको घोषणा गरिएको छ । युवा संघ नेपाल खजुरा गाउँ कमिटीको उपाध्यक्षमा अशोक बिक र सचिवमा हरि मल्ल चयन भएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य दल बहादुर सुनारले नेकपा एस जनताको पार्टी भएको जिकिर गरेका छन् ।
सुनारले भने, अब केही समय मात्रै पर्खनु पर्छ, नेकपा एस प्रती जनताको बिश्वास बढ्दै गएको छ र अब एमाले तथा अन्य पार्टीबाट नेकपा एसमा आउने क्रम जारी रहन्छ । जुन क्रम रोकिने छैन ।

कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा एस बाँकेका सहइन्चार्ज अब्दुल हुसेन खा, प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थापा, केन्द्रिय सल्लाहकार बिनोद मैनाली, केन्द्रीय परिषद सदस्य होमनाथ सापकोटा, प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, भद्र प्रसाद देवकोटा लगायतको सहभागीता रहेको थियो ।











