नेकपा एकीकृत समाजबादी बैजनाथ वडा नम्बर ५ को अध्यक्षमा थापा

नेपालगन्ज : नेकपा एकीकृत समाजबादी बाँकेले स्थानिय तहमा आफ्नो कमिटी बिस्तारलाई तिब्रता दिएको छ ।

सोही क्रममा नेकपा एकीकृत समाजबादी बैजनाथ गाउँपालिका वडा नम्बर ५ कमिटी घोषणा गरेको हो ।

सोमबार बैजनाथ गाउँपालिकामा वडा नम्बर ५ मा दिप बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यस्तै दिपक कार्कीको अध्यक्षतामा २९ सदस्यीय युवा संघ नेपालको वडा कमिटी समेत गठन गरिएको छ ।

नेकपा एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य तथा पुर्व राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख अतिथि तथा युवा संघ नेपाल केन्दृय महासचिव दिपक जिएमको उपस्थितिमा सम्पन्न कार्यक्रममा रिमा डाँगीको अध्यक्षता ३१ सदस्यीय अनेमा संघ समाजबादी र धन बहादुर नेपालीको अध्यक्षतामा ३३ सदस्यीय मुक्ति समाजको गठन गरिएको छ ।

प्रतिक्रिया