नेपालगन्ज साइक्लिङ्ग क्लबको अध्यक्षमा निरौला

नेपालगन्ज : नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको अध्यक्षमा क्लबका संस्थापक सदस्य सतिश निरौला चयन भएका छन् ।

निरौला अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की र उपाध्यक्षमा चन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै क्लबको सचीवमा प्रदीप सापकोटा , सहसचिवमा कविराम बुढाथोकी, कोषाध्यक्षमा राजेस गुप्ता निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रेम केसि, कृष्ण खनाल , बाबुराम बिश्वकर्मा, निरज कार्की, रमेशराज रेग्मी , बिजयन्द्र जिसि, पंकज श्रेष्ठ , शुभकर मल्ल र दिपक मल्ल निर्वाचित भएको अध्यक्ष निरौलाले प्रेस नोट जारी गर्दै जानकारी दिएका छन् ।

बुधबार खजुरामा क्लबको तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया