नेपालगन्ज : नेपाल भ्यालुयर्स एसोसिएशन नेपालगन्ज च्याप्टरले शुक्रबार विहान विरोध तथा धर्ना प्रदर्शन गरेका छन् । कुमारी बैंक लिमिटेडले आफ्नो सहकर्मीलाई फसाएको भन्दौ भ्यालुवेटर (मुल्यांकनकर्ता)हरुले विरोध तथा धर्ना प्रदर्शन गरेका छन् ।
नेपाल भ्यालुयर्स एसोसिएशन नेपालगन्ज च्याप्टरले नेपालगन्जको बिपि चोक देखी नाराबाजी गर्दै धम्बोझी चोक स्थित कुमारी बैंकको कार्यालयमा पुगेर धर्ना दिएका थिए ।
कुमारी बैंक विरगञ्ज शाखाको भ्यालुवेटर इन्जिनियर राजेशकुमार चौरसीयालाई बैंकले थुनामा रखाएको विरुद्धमा उनीहरु आन्दोलित भएका छन् । कुमारी बैंकले किर्ते कागजातको मुल्यांकन गरेको आरोपमा इ. चौरसीयालाई पक्राउ गराएको छ ।
तर, भ्यालुवेटरहरुले कागजात हेर्ने काम बैंकका कर्मचारीको हुन्छ, हामीहरुलाई हेराएको जग्गाको मुल्यांकन गरेर बैंकलाई दिनु हुन्छ त्यसमा हामी के किर्ते गर्न सक्छौ भन्दै आन्दोलनमा होमिएका हुन ।
नेपाल भ्यालुयर्स एसोसिएशन नेपालगन्ज च्याप्टरले बैंक तथा संस्थाहरुद्वारा बारम्बार हुने अमानवीय ब्यवहार बिरुद्ध धर्ना तथा बिरोध कार्यक्रममा समान सम्झौता कायम गर, मुल्यांकनको प्रक्रिया एकिन गर, कागजात प्रमाणिकिकरण इन्जिनियरले गर्दैन जस्ता प्लेकार्ड बोकि कुमारी बैंक धम्बोझी शाखा अगाडी नाराबाजी गरेका थिए ।











