“डान्स बाँके डान्स”को मेगा अडिसनमा २ सय ४८ भिड्दै

नेपालगन्ज : रोयल डान्स प्रालिको आयोजनामा सम्पन्न हुन गईरहेको “डान्स बाँके डान्स”को मेगा राउन्डको लागि २ सय ४८ जना भिड्ने भएका छन् ।

यस् क्षेत्रकै ठूलो राशि सहितको डान्स प्रतियोगितामा मेगा राउन्डमा धनगढी, राजापुर, गुलरिया, कोहलपुर र नेपालगन्जमा भएको प्रथम चरणको अडिसनबाट मेगा राउन्डको लागि २ सय ४८ जना छानिएको आयोजक टिमले जनाएको छ।

आयोजकका अनुसार मेगा राउन्ड यहीँ मंसिर १४ गते मंगलबार नेपालगन्जको सिएसटी होटलमा सम्पन्न हुनेछ। मेगा राउन्डबाट फिनालेको लागि छानिएका प्रतिस्पर्धीहरुले पौष ३ गते फाइनल प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया