युवा नेता थापा नेकपा (एस) बाँकेको उपसचिव चयन

नेपालगन्ज : नेकपा एकीकृत समाजवादी पार्टी बाँकेको उपसचिवमा युवा नेता किशोर थापा चयन भएका छन् ।

युवा संघबाट राजनीतिमा प्रवेश गरेका थापा पछिल्लो समय बाँकेमा रोजाईको नेताको रुपमा परिचित छन् । जानकी गाउँपालिका वडा नम्बर दुईका थापा नेकपा एमाले हुँदा युवा संघ बाँकेका जिल्ला अध्यक्ष तथा एकीकरण पछि युवा संघको केन्द्रिय सदस्य हुँदै एमाले बिभाजन पछि नेकपा एकीकृत समाजबादीको युवा संघ नेपालको केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सदस्य हुनुहुन्थ्यो ।

एमाले बिभाजन अगाडी नै बाँकेमा युवाहरुको राम्रो साथ र संगठन निर्माण गरेका थापा सम्पुर्ण टिम सहित नै फुटपछी एकीकृत समाजबादी तर्फ लागेका थिए ।

नेकपा एकीकृत समाजबादी गठन संगै बाकेमा एकीकृत समाजबादीको संगठन बिस्तार र युवाहरूलाई एक ढिक्का पार्न लागेका युवा नेता थापाकै कारण एमालेलाई ठुलै धक्का लागेको जानकार बताउँछन् ।

यता लामोसमयको कसरत पछि नेकपा समाजवादी बाँकेको मंगलबार इन्द्र बहादुर थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।

जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिव किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको छ ।

प्रतिक्रिया