नेपालगन्ज :

नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघले बुधबार एक औपचारिक कार्यक्रम गरि नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा संघको नवनिर्वाचित अध्यक्ष अब्दुल बाहिद मन्सुरी सहितको सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता कमल प्रसाद पौडेलले गरेका थिए ।
बुधवार नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघले नवनिर्वाचित संघका सदस्यलाई सम्मान संगै बृहत रक्तदान कार्यक्रम समेत गरेको थियो ।
रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको जुत्ता चप्पल ब्यवसायी संघको अध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित सदस्य बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।










