गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गौला पिडित दर्जीलाई आर्थिक सहयोग

काठमाडौं

गयक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गोला पिडित दर्जिलाई आर्थिक सहयोग

दुबै मिर्गाैला फेल भएर उपचारका लागी काठमाडौ पुग्नुभएका बाँके खजुराका अमित दर्जिलाई आर्थिक सहयोग गर्ने क्रम सुरु भएको छ ।

लोक तथा दोहरी गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’ प्रत्यक्ष दोहरीको छायाकंनका क्रममा पिडित अमित दर्जिलाई बोलाई तत्कालका लागी १३ हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन ।

बहु चर्चित गायक राजु परियारले गाउनुभएको उक्त दोहरी कार्यक्रममा गायक परियार सहित उपस्थित सबैले सक्दो सहयोग प्रदान गरे ।

दोहरी गाउँदै गर्दा अमित दर्जिको बारेमा बाँकेका पत्रकार खगेन्द्र दाहालले सबै पिडाका कुरा सुनाउदा उपस्थित सबैको आखाँ रसाएका थिए ।

गायक परियारले अकालमै कसैले ज्यान गुमाउन नपरोस भन्दै अरु कलाकारलाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

नेपालगन्जमा विगत एक वर्षदेखि मिर्गौलाको डाइलोसिस गरिरहुभएका दर्जिलाई भेरि अस्पताल नेपालगन्जका डाइलोसिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न काठमाडौ रिफर गरेपछि उहाँहरु काठमाडौ आउनुभएको हो ।

गयक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गोला पिडित दर्जिलाई आर्थिक सहयोग

पत्रकार दाहालले काठमाडौमा आर्थिक सहयोगका लागी दर्जिलाई लिएर विभिन्न स्थानमा पुग्दै सहयोगको अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ ।

भत्तपुर स्थित मृर्गौला प्रत्यारोपणका लागी चेकजाच गराउन मात्रै पनि रकम अभाव भएपछि सहयोग रकम संकलन गर्न लागीएको अमितका श्रीमती माया दर्जिले जानकारी दिनुभयो ।

उहाँलाई सहयोग गर्न चाहनेहरुले पत्रकार खगेन्द्र दाहाल ९८५८०३२१८२ र अमितको श्रीमती माया दर्जि ९८०४५५९११६ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया