नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बाँकेले स्थानीय तहमा कमिटी गठनको अभियानलाई तिब्रता दिएको छ ।
सोही क्रममा एकीकृत समाजवादी बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा जंग बहादुर सुनारको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको केन्द्रीय पोलिट ब्युरो सदस्य दल बहादुर सुनारको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेता सुनारले नेकपा एकीकृत समाजबादी पार्टी जिल्लामा पहिलो शक्तिको रुपमा उदाएको बताएका छन् ।
नेकपा समाजाबादी खजुरा, बैजनाथमा मात्रै होईन एकीकृत समाजबादी बाके जिल्लामै पहिलो शक्ति बन्न कसैले रोक्न सक्दैन, नेता सुनारले बताए ।

आइतबार सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजबादीको युवा संगठन युवा संघ नेपालको बैजनाथ वडा नम्बर ६ को वडा कमिटी समेत गठन गरेको छ ।
राकेश बिकको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपालको युवा कमिटी गठन गरिएको छ ।
आइतबार भएको कार्यक्रमको अध्यक्षता इन्द्र सुनारले गरेका थिए भने कार्यक्रममा नेकपा एकीकृत समाजबादी बाँकेका जिल्ला सदस्य इन्द्र ओलि, टंकर नाथ योगि, यज्ञ पुन, हिरा सिंह, खगेन्द्र तिरुवा, कन्चन गौतम र युवा संघ नेपाल बाँकेका सचिव तथा नेकपा एस जिल्ला सदस्य सुनिल रसाइली लगायतको उपस्थिति रहेको थियो ।
उता शनिबार नेकपा एकीकृत समजबादी खजुरा गाउँपालिका वडा नम्बर ३ को वडा कमिटी गठन गरेको छ । खजुरा वडा नम्बर ३ मा शिव सापकोटाको अध्यक्षता १०३ सदस्यीय नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरेको नेता बिकाश काउचाले बताएका छन् ।










