नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को कमिटी गठन गरिएको छ ।
नेकपा एकीकृत समाजबादी वडा नम्बर ५ को मो. सब्बिर अन्सारीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा रज्जब अलि हल्वाइ, उपाध्यक्ष महिलामा जमुना पौड्याल, सचिवमा अमानत उल्ला अन्सारी, सहसचिवमा अब्दुल्ला साहु, निर्मला साहु र नुरजहा हल्वाइ चयन भएका छन् ।
त्यस्तै रबिया हल्वाइको अध्यक्षतामा २६ सदस्यीय अनेमा संघ वडा कमिटीको गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा कमरुनिसा हल्वाइ, सापरा हल्वाइ, सचिबमा नग्मा नद्दाफ र सहसचिवमा रजनी किन्नर, फातमा सेख र रेस्मा सेख चयन भएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज असोक कोइरालाको प्रमुख अतिथि, नेकपा एस केन्द्रिय सदस्य तथा बाँके सह-इन्चार्ज अब्दुल हुसेन खानको विशिष्ट अतिथि तथा केन्द्रिय पार्षद परिसद सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज बिनोद मैलालि, लुम्बिनी प्रदेश सदस्य डम्बर थापा, खड्ग डागी, करिश्मा योगी, बसन्ता शर्मा र मो. सब्बिर अन्सारी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि आउने ५४ जना नवप्रवेशीलाई अतिथिहरुले स्वागत स्मेत गर्नुभएको थियो ।
त्यस्तै नेपालगन्ज वडा नम्बर १ को समेत वडा कमिटी गठन सम्पन्न गरिएको छ । कृष्ण चन्दको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा सकुन्तला गुरुङ र लक्ष्मी मिश्रा, सचिवमा अरुण श्रेष्ठ, सहसचिवमा बिक्रम श्रेष्ठ, ललिता मानधर र गुमान सिंह राना चयन भएका छन् । भने वडा नम्बर एक अनेम संघको अध्यक्षम ललिता मानन्धर चयन भएका छन् ।
उपाध्यक्षमा ममिता साही र अनारा लोध, सचिबमा लिला थापा, सहसचिवमा सुस्मिता सुनार, रोसनी थापा, निर्माला थापा लगायत २२ जनाको एकीकृत समाजबादी महिला संगठन कमिटी गरिएको छ ।
वडा नम्बर एकमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय पार्सद परिषद सदस्य बिनोद मैनालीको प्रमुख अतिथि र, नेकपा एस लुम्बिनी प्रदेश सदस्य खडग डागीको बिशिस्ट अतिथि र नेकपा एसका नेताहरु डम्बर थापा, प्रमोद धिताल लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कर्यक्रमको संचालन नेकपा एकीकृत बाँके जिल्ला प्रचार बिभाग प्रमुख करिस्मा कु. योगीले गर्नु भएको थियो ।










