नेपालगन्ज : थारु कल्याणकारिणी सभा नेपालगञ्जले प्रत्येक वर्ष जस्तै यस वर्षपनि थारु समुदायको पर्ब माघको अबसरमा पुष २८ गते माघ मिलन कार्यक्रम आयोजना गर्ने भएको छ ।
माघ मिलन कार्यक्रममा शुभकामना अदान प्रदान तथा थारु संस्कृति झल्काउने, भेषभुषासहितको नाचगान गरिने नगरसभापति बासमति थारुले बताउनुभयो । थारु कल्याणकारिणी सभा नगरसभा नेपालगञ्जको मुख्य आयोजना र थारु पत्रकार संघ बाँके, थारु कर्मचारी संघ बाँके, थारु महिला सभा बाँके र थारु महिला बिकास केन्द्र बाँकेलगायतका थारु समुदायसंग आबद्ध संघसंस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले बताउनुभयो ।
मौलिक पराम्पराको रुपमा रहेको नाचगान खानपान तथा भेषभुषालाई शहर बजारसम्म प्रदर्शन र पहिचान जोगाउन यो कार्यक्रमले टेवा पुर्याउने उदेश्य रहेको थारु कर्मचारी संघ बाँकेका अध्याक्ष जितबहादुर थारुले बताउनुभयो ।
नगरसभापति बासमाति थारुको अध्यक्षतामा नेपालगञ्जमा बसेको बैठकमा जिल्ला सभापति बिनोद थारु, थारु कर्मचारी संघ बाँके अध्यक्ष जित बहादुर थारु, थारु महिला सभा बाँके अध्यक्ष ललिता थारु, समाजसेबी राजबहादुर चौधरी, थारु पत्रकार संघ बाँकेका कोषाध्यक्ष जोगेश्वर सिंह थारु, नगर सचिव शम्भु थारु, नगर सदस्यद्वय सिन्धु धर्कात्वा, बिष्णु चौधरीलगायतले छलफल गरी माघ मिलन कार्यक्रम आयोजन गर्ने निर्णय गरेका छन् ।











