चिसो बढेकाले न्यानो भएर बस्न तथा सावधानी अपनाउन चिकित्सककाे आग्रह

नेपालगन्ज । बाँके लगायत देशैभर केही दिन यता चिसो बढेको छ । बाँकेमा बाक्लो हुस्सु र शीतलहर दिउँसो मध्यान्हसम्मै रहँदा तापक्रम घट्दै गएको छ ।

अबेला घाम लाग्नाले केही राहतको महशुस गरिएको छ । चिसो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । विद्यालय जाने बालबालिकाहरु, कलेज जाने शिक्षकहरुलाई चिसोले प्रभाव पारेको छ । दैनिक काममा निस्कनेहरुलाई समस्या भएको छ ।

भिजिविलिटी कम हुँदा जहाज उडान प्रभावित भएको छ भने विहान लाग्ने बाक्लो कुहिरोले सडक दुर्घटनाको जोखिम बढाएको प्रहरीले जनाएको छ ।

चिसो बढेकाले न्यानो भएर बस्न तथा सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया