नेपालगन्जस्थित हनुमत गौशालामा वृक्षारोपण

नेपालगन्ज : अन्तराष्ट्रिय नयाँ वर्ष २०२२ को अवसर पारेर नेपालगन्जमा वृक्षारोपण गरिएको छ । कसौधन वैश्य समाज युवा मञ्च बाँकेको आयोजनामा नेपालगन्जस्थित हनुमत गौशालामा वृक्षारोपण गरिएको हो ।

समाजका अध्यक्ष नन्दलाल वैश्य, युवा मञ्चका अध्यक्ष आदित्य गुप्ता, हरित अभियान्ता हेमन्तराज काफ्ले लगायतको सहभागितामा जामुन, अमलतास, अम्बा, कागती, कटहर, मोरिङ्गा, कोइराला लगायतका तीन दर्जन विरुवा लगाइएको कार्यक्रम संयोजक अमृत वैश्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया