नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

काठमाडौं: आज नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । अघिल्लो कारोबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

गत शुक्रबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर आज प्रतितोला प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया