बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकामा पाटेबाघले फेरी एकजना महिलालाई अक्रमण गरेको छ । जंगलमा पात टिप्न गएकी राप्तीसोनारी गाउँपालिका वडा नं.-४ बैजापुर की ३० वर्षिया महिला दुर्गा थारुलाई आज पाटेबाघले आक्रमण गरेको हो ।
गाउँमा बिवाहका लागि जंगलमा पात टिप्न गएकाबेला बाघले चारवटै पन्जा शरीरमा पारेर मुखले आक्रमण गर्न खोज्दा खुर्पाले हिर्काउदै बेस्सरी कराएपछि आफु बाच्न सफल भएको थारुले बताउनुभयो । उहाँकाे राप्ती सोनारी अस्पताल बैजापुरमा उपचार भइरहेको र उहाँ अवस्था समान्य रहेको अस्पतालका चिकित्सक डा. राम साहले बताउनुभयो ।
केहीदिन अघि मात्र राप्तीसोनारीको जंगलमा एक जना शिक्षकलाई झम्टिएको थियो । बाघको आक्रमणबाट तीन महिनाको अवधिमा राप्तीसोनारी र नरैनापुरमा २ जनाको ज्यान गइसकेको छ ।











