नेपालगन्जमा बेवारीसे अवस्थामा मुर्ती फेला

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्ज वडा नम्बर १५ जमुनहामा बेवारिसे अवस्थामा रहेको मुर्ती फेला पारेको छ ।

बाँके प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित बेवारीसे अवस्थामा रहेको मुर्ती फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले एक सुचना जारी गर्दै उक्त मुर्ति कुनै मठ मन्दिर, संघ-संस्था तथा कोहि व्यक्तिको चोरी वा हराएको भएमा आवश्यक प्रमाण सहित यस कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध समेत गरेको छ ।

साथै यस कार्यालयबाट उक्त मुर्तीको बारेमा आवश्यक अनुसन्धान समेत भई रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया