थारु समुदायको पर्व माघ मिलन कार्यक्रममा शुभकामना आदानप्रदान : कोरोनाका कारण भव्य कार्यक्रम स्थगित

नेपालगन्ज : थारु कल्याणकारिणी सभा नगरसभाको आयोजनामा नेपालगञ्जल माघ मिलन कार्यक्रम गरिएको छ । थारु समुदायको महान पर्व माघीका अबसरमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा माघ मिलन कार्यक्रम गरिएको हो । कार्यक्रममा थारु संस्कृति झल्काउने भेषभुषासहितको नाचगान तथा थारु मौलिक परिकारले अतिथिहरुको स्वागत गरिएको थारु ल्याणकारिणी सभा नगरसभा नेपालगञ्जकी अध्यक्ष बासमति थारुले बताइन् ।

थारु समुदायको मौलिक पराम्पराको रुपमा रहेको नाचगान, खानपान तथा भेषभुषालाई शहर बजारसम्म प्रदर्शन गर्ने तथा थारु समुदायलाई बेग्लै पहिचान बनाउन यो कार्यक्रमले थप टेवा पुर्याउने थारु ल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले बताए ।


थारु समुदायको महान पर्ब माघको उल्लास बढाउन र थारु समुदायमा हराउँदै गएको पराम्परागत कलासंस्कृति, भेषभुषाको संरक्षण तथा सम्बर्धनमा माघी मिलन कार्यक्रमले सहयोग पुग्ने थारु कर्मचारी संघ बाँकेका अध्यक्ष जितबहादुर थारुले बताए ।

थारु पत्रकार संघ बाँके, थारु कर्मचारी संघ बाँके, थारु महिला सभा बाँके र थारु महिला बिकास केन्द्र बाँकेलगायतका थारु समुदायसंग अबद्ध संघसंस्थाको आयोजनामा कार्यक्रम गरिएको हो । संस्कृतिको धनी समुदायको रुपमा चिनिने थारु समुदायको आग्रणी संस्थाको रुपमा रहेको थारु कल्याणकारिणी सभाले प्रत्येक बर्ष माघ मिलन कार्यक्रम गर्दै आएको छ । कोरोना संक्रमण बढ्दै गएको र सरकारले ठुलो जमघट आयोजना गर्न प्रतिबन्ध लगाएपछि भव्य कार्यक्रम नगरिएको जनाइएको छ ।


राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यमा तथा थारु कल्याणकारिणी सभा नगरसभा नेपालगञ्जकी अध्यक्ष बासमति थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा थारु आयोगका सदस्य सुबोध सिँह थारु, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया