नेपालगन्ज : बाँके जिल्ला साइकल संघको नेतृत्व गगन थापाले सम्हालेका छन् ।
बाँकेको साइक्लिङ्ग गतिविधिमा व्यवसायिकता ल्याउन सफल नेपालगन्ज साइक्लिङ्ग क्लबका निवर्तमान अध्यक्ष थापाको अध्यक्षतामा संघको जिल्ला समिति गठन भएको हो ।
शुक्रबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको भेलाले थापाको अध्यक्षतामा संघको नयाँ कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा प्रेम केसी, सचिव विज्ञान कक्षपति, सहसचिव खिमा थापा र कोषाध्यक्षमा जितेन्द्र कुमार जोशी चयन भएका छन्
सर्वसम्मत भएको निर्वाचनबाट कार्यसमितिमा निरञ्जन राजवंशी, सतिश निरौला, एसी श्रेष्ठ, लवराज श्रेष्ठ, डिबी तामाङ, शालिक सुवेदी, कर्ण बस्नेत, किरण श्रेष्ठ, अभिराम बुढाथोकी, पुष्कर हमाल, विनय श्रेष्ठ,
सुर्यलाल यादव, विनय दीक्षित, कर्णराज रोकाय, बाबुराम विक र सुरेन्द्रद्विप कार्की सदस्य निर्वाचित भएका छन् साइकललाई माया गर्नेहरू जिल्लाका सबै पालिकाबाट समेट्ने कोशिश गरिएको छ’, अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘आउँदा दिनमा व्यवसायिक साइकल लबरहरूलाई समेट्दै अगाडि बढ्ने कोशिश गरिनेछ ।’
कार्यक्रममा प्रमुख अतिथि राखेप सदस्य सुमित्रा चौधरी, प्रदेश खेलकुद समितिका सदस्य सचिव भीम ओली, नेपालगन्ज-२ का वडाध्यक्ष सुनिल सिंह हमाल, जिल्ला पर्यटन मञ्च बाँकेका संयोजक लगायतले साइकल अभियानबारे बोलेका थिए ।
त्यसअघि साइकल अभियन्ता पंकज श्रेष्ठको अध्यक्षतामा साइकल संघको नेपालगन्ज समिति, कोहलपुरमा उज्वल घर्तीको संयोजकत्वमा समिति गठन गरिएका थिए ।
बैजनाथ र खजुरामा पनि साइकल संघको गठन भैसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।











