नेपालगन्ज : नेपाली काँग्रेस जुम्ला, कनकासुन्दरी गाउँपालिका वडा नं २, का वडा सभापति तथा नेपालगन्जका व्यवसायी मातृका उपाध्यायले आफ्नो छोराको जन्मोत्सवमा विपन्न तथा असाहायलाई कम्बल वितरण गर्नुभएको छ ।

उपाध्यायले छोरा बिराजको जन्मदिनका अवसर पारेर व्यक्तिगत खर्चमा नेपालगन्ज स्थित नीलसागर वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई २१ वटा कम्बल वितरण गर्नुभएको हो । नीलसागर परिवारसँग छोराको जन्मोत्सव मनाउँदा आफु खुसी भएको र वृद्धवृद्धालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उपाध्ययले जानकारी दिनुभयो ।











