नेपालगन्ज : बाँकेमा आज थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको १ सय ६७ नमुना परीक्षणमा १ सय ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ८६ जनाको परीक्षणमा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको परीक्षणमा २२ र बागेश्वरी ल्यावमा २९ परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७८ जना रहेका छन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय पुगेको छ । यस्तै आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ९५ पुगेको छ ।











