नेपालगन्ज :

नेपालगन्ज स्पिच कम्पिटिसन २०२० को पब्लिक च्वाइस अवार्डको लागी प्रतिस्पर्धा सुरु भएको छ ।
नागरिक समाज डटकमले आयोजना गरेको नेपालगन्ज स्पिच कम्पिटिसन २०२० अन्तरगत पहिलो चरणमा प्रस्तुत गरेका प्रस्तुतिलाई नागरिक समाजको अफिसियल फेसबुक पेजमा अपलोड गरिएको छ ।
पहिलो चरणबाट फाइनल राउन्डमा पुग्ने उत्कृष्ट दश प्रतिस्पर्धीको भिडियो पेजमा राखिएको छ ।
जसबाट सर्वाधिक हेरिने प्रतिस्पर्धिको भिडियो लाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ , जसको राशी ५ हजार रहेको छ ।
नागरिक समाजको अफिसियल पेज मार्फत जारी गरिएको भिडियोलाई मात्रै मान्यता दिइने छ भने प्रतिस्पर्धिले जति पनि शेयर गर्न सक्ने प्रावधान रहेको छ ।
फिनालेको दिन सम्म सर्वाधिक हेरिने भिडियोलाई अवार्ड प्रदान गरिने छ भने यसमा कुनै किसिमको ट्रुटी वा बिवाद आएमा नागरिक समाजको अन्तिम निर्णय रहने छ ।
भिडियो नागरिक समाजको अफिसियल पेजमा उपलब्ध छ ।











