बाँकेमा आज १ सय ९५ नमुना परीक्षणमा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १० हजार ३ सय १९ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालगन्ज : बाँकेमा आज थप १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशाालामा १ सय ९५ नमुना परीक्षणमा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएका जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १ सय २३ नमुना परीक्षणमा ९१ जना, मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षणमा ३० जना र बागेश्वरीमा २८ नमुना परीक्षणमा १६ जना रसंक्रमण पुष्टि भएको हो । पुष्टि भएकामध्ये बाँकेका ९७ जना रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १९ हजार २ सय ११ पुगेको छ । आज ३९ जना संक्रमण मुक्तभई डिष्चार्ज भएका छन् । योसँगे डिष्चार्ज हुनेको संख्या १८ हजार ३ सय ३ पुगेको छ ।

अर्कोतर्फ पछिल्लो २४ घण्टामा देशभर १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशैभर २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया