केयर सिटि हस्पिटलले शनिबार निशुल्क मेडिकल क्याम्प गर्दै

नेपालगन्ज : नेपालगन्ज भुजइगाउँमा रहेको केयर सिटि हस्पिटल एण्ड रिसर्च सेन्टरमा भोलि (शनिबार) निशुल्क मेडिकल क्याम्प हुनेभएको छ ।

केयर सिटि हस्पिटल एण्ड रिसर्च सेन्टरले हस्पिटलमै एक दिने निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको हो ।

निशुल्क मेडिकल क्याम्पमा बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा तथा फिजिसियन डा. रन्जित पाण्डेद्वारा निशुल्क स्वास्थ्य चेकजाँच गरिने हस्पिटलले जनाएको छ ।

हस्पिटलले एक सुचना जारी गर्दै निशुल्क स्वास्थ्य परिक्षणको लागी अग्रिम रुपमा नाम दर्ता समेत गर्न सकिने जनाएको छ सोको लागी ९८६६९४८८४१ र ९८०२५११०५७ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार बालरोग विशेषज्ञद्वारा बालबालिकामा देखिने चिड्चिडापन, रक्तअल्पता, थाइराइड, मानसिक सुस्ति, छारेरोग, मुटुको समस्या, ग्रोथपेन, निमोनिया, बाथरोग, युटिआइ तथा अन्य समस्याहरु र फिजिसियनद्वारा सुगर, प्रेसर, थाइराइड, छाति सम्बन्धि रोग, पेट सम्बन्धि रोग, अल्सर, मुटु सम्बन्धि रोगको निशुल्क उपचार हुनेछ ।

साथै औसधि, भिडियो एक्सरे, ल्याब जाँच तथा एक्सरेमा १० प्रतिशतको छुटको छुट समेत रहने जनाएको छ । स्वास्थ्य परिक्षण शनिबार बिहान ९ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया