नेपालगन्ज स्पिच कम्पिटिसनको फाइनलका लागी विषय सार्वजनिक

नेपालगन्ज :

नेपालगन्ज स्पिच कम्पिटिसनका फाइनलका लागी विषय सार्वजनिक

न्यु मिडिया हाउस प्राली नेपालगन्जबाट संचालित नागरिक समाज डटकमले आयोजना गरिरहेको नेपालगन्ज स्पिच कम्पिटिसन २०२० को फाइनलको लागी विषय सार्वजनिक गरिएको छ ।

निर्णायक मण्डल र आयोजक टिमले सोमबार फाइनलको लागी विषय सार्वजनिक गरेको हो ।

९ गते हुने नेपालगन्ज स्पिच कम्पिटिसन २०२० फाइनलमा उत्कृष्ट १० प्रतिस्पर्धी छनौट भएका छन् ।

छनौट प्रतिस्पर्धीले आयोजकले सार्वजनिक गरेको ५ वटा विषय मध्य कुनै एकमा आफुले प्रस्तुति दिनुपर्ने छ । भने आयोजकले फाइनलको लागि समय सिमा समेत निर्धारण गरेको छ ।

फाइनलका लागि आयोजकले ८ मिनेटको समय अवधी निर्धारण गरेको छ । जसमा ७ मिनेटमा जनाउ घण्टी बज्ने छ भने ८ औं मिनेटमा समय सकिने छ ।

फाइनलका लागी सार्वजनिक विषयहरु :

१- समृद्ध नयाँ नेपाल निर्माणमा युवाको भुमिका
२- शिक्षा , संस्कृती र प्रविधि
३- खाडिमा होईन की बारीमा , विदेशमा होईन की स्वदेशमा
४- सुन्दर नेपाल र समृद्धिका आधारहरू
५- सामाजिक संजाल र यसले समाजमा परेको प्रभाव

कुनै थप जानकारी तथा सम्पर्कको लागि नागरिक समाजको अफिसियल पेजमा म्यासेज गर्न सकिनेछ साथै ९८५८०३०४५६ मा समेत सम्पर्क गर्न सकिने छ ।


प्रतिक्रिया