नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि

बाँके : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले प्रतिलिटर तीन/तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ । यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाए पनि अझै मासिक साढे चार अर्ब रुपैयाँ घाटा रहेको निगमले दावी गरेको छ ।

प्रतिक्रिया