१२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु

बाँके : बाँकेमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई आज र भोली कोरोना विरुद्धको खोप लगाइदैछ ।

२०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई मोडर्ना खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लाका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा गएर खोप लगाउन सकिनेछ । आ-आफ्ना बालबालिकालाई तोकिएको विद्यालय तथा खोप केन्द्रमा लिई खोप लगाउन सकिने जनाइएको छ ।

बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिकाहरुलाई समेत उमेर खुल्ने जन्मदर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने भएकाले पायक पर्ने नजिकको विद्यालय वा खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय बाँकेले अनुरोध गरेको छ ।

प्रतिक्रिया