‘देशको युवा शक्तिलाई देशमै उत्पदनशिल बनाउने हो’- बिष्ट

नेपालगन्जमा फाल्गुन १५ र १६ गते शैक्षिक मेला


नेपालगन्ज :

नेपालमै उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरि फाल्गुन १५ र १६ मा ‘स्वदेशी शिक्षा सबैको इच्छा ‘ भन्ने मुल नारा बोकेर नेपालगन्जमा शैक्षिक मेला आयोजना हुँदै छ । यसै सेरोफेरोमा रहेर प्रदेश पाँचका कोर्डिनेटर भरत बिष्ट संग सोधिएको पाँच प्रश्न ।

प्रश्न १ – यो शैक्षिक मेला केका लागि ? र नेपालगन्जमै किन ?

स्वदेशी शिक्षा सबैको इच्छा हाम्रो मुल नारा हो अर्थात यो हाम्रो देशमै रहेका बिश्वबिद्धालय र त्यस अन्तर्गतका कलेजहरुका बिस्वस्नियता तथा गुणस्तरलाई सम्पुर्ण बिद्यार्थी तथा अभिभावकलाई जानकारी दिने शैक्षिक मेला हो । प्लस टु पास गरेर ब्याचलर्स पढ्ने तयारी गरिरहेका र ब्याचलर्स सकेर मास्टर्सको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि मेलाको आयोजन गर्न लागिएको हो ।

रह्यो नेपालगन्ज मै किन भन्ने कुरा विशेषत नेपालगन्ज शैक्षिक हबको रुपमा तयार रहेको मध्य तथा सुदुरको शहर हो त्यसैले पनि नेपालगन्ज हाम्रो रोजाइमा पर्‍यो ।

प्रश्न २ – मेलाको उद्देश्य के हुन् ?

मेलाको मुख्य उद्देश्य भनेको उच्च शिक्षाको लागि बिदेश जानू पर्दैन भन्नू हो । किनकी स्वदेश मै अन्तर्राष्ट्रिय कोर्सहरु पाइन्छन् ।
बिश्वभरमा झन्डै २०० देशमा एसेप्टेबल कोर्स र विषय नेपालमै पढाइ हुन्छ जसको बारे जानकारी दिएर नेपालमै पढ्नको निम्ति उपयुक्त वातावरण र पुर्वाधार छन् भनेर विद्यार्थी र अभिभावकलाई जानकारी दिनु र उहाँहरुलाइ बिश्वास दिलाउनु हो । सरल भासामा भन्नुपर्दा पढ्नको लागि बिदेश जाने परिपाटीको अन्त्य गर्नु हो ।

प्रश्न ३- मेलामा कुन कुन युनिभर्सिटी र कलेजहरु सहभागी हुनेछन् ?

टियु , केयु ,पोखरा र पुर्वाञ्चल बिश्वबिद्धालय , सुदुर पश्चिमाञ्चल बिश्वबिद्धालय र त्यस अन्तर्गतका कलेजहरुको सहभागीता रहनेछ । नेपालगन्जको परिप्रेक्षमा ब्राइटल्याण्ड कलेज, महेन्द्र बहुमुखी क्याम्पस , अल्पाइन कलेज लगायतका अन्य कलेजहरुको पनि सहभागीता रहनेछ । साथै बिदेशी बिश्वबिद्धालयको सम्बन्धनमा नेपालमै संचालित कलेजहरुको पनि सहभागिता रहनेछ ।

प्रश्न ४ – मेला खासगरी कुन विषय र फ्याकल्टिमा मा केन्द्रित रहेको छ ?

मेलाले खासगरी म्यानेजमेन्ट , आइटी र इन्जिनियरिङ गरि तीन विषयलाई फोकस गरेको छ । म्यानेजमेन्ट भित्री बिबिए , एमबिए ,बिएचएम , बिटिटिएम लगाएत पर्छन भने आइटिमा बिआइटी , बिआइएम ,बिएस्सी सिएसाइटी पर्छन् । त्यस्तै , ह्युमनिटिजमा ब्याचलर्स इन डेभलपमेन्ट स्टडीज ,बिएसडब्लु , बिओएसएस लगायतका छन् ।

यी सबै कोर्सहरु ब्रान्डेड हुन , बिश्वभरी जहाँ पढेपनी उस्तै हुन्छ ।दुई सय बढी देशको कार्यक्रम हो । नेपालमा मात्रै डिजाइन गरिएको कोर्स होईन ।

प्रश्न ५ – शैक्षिक मेलाबाट कस्तो अपेक्षा राख्नुभएको छ ?

हाम्रो उद्देश्य भनेको देशका युवाशक्ति जो प्लस टु , ब्याचलर्स पास गरेका युवाशक्ती लाई देशमै उत्पदनशिल बनाउने हो ।
देशमै पढ्यो भने भोलि देश बनाउने सपना देख्नेछन ।पढाइ सकेर भोलि उनिहरुले आफ्नो आफ्नो क्षेत्रमा जान सहज हुन्छ ।
पढाईको लागि बिदेशीयका युवा शक्ति स्वदेश फर्कने दर एकदमै कम रहेको छ ।युवाशक्ती बिना देशले कहिल्यै बिकास गर्न सक्दैन । हाम्रो छिमेकी देश या अन्य देश को कुरा लिनुस त्यहाँको बिकासको प्रमुख तत्व नै युवा जनशक्ति हो । तर हाम्रो देशमा पढाइ र रोजगारीको नाममा बिदेश पलायन हुनेक्रम बढ्दै छ र उनिहरु भोलि फर्केर आउने संभावना एकदमै न्युन रहेको छ । त्यसैले देशमै पढेर देशमै केही गर्नुपर्छ भन्ने सोच अनि भावनाको बिकास हुनुपर्छ र हुनेछ अपेक्षा राखिएको छ ।

प्रतिक्रिया