नेपालगन्ज :
नेकपा एकीकृत समाजबादी निकट सरकारि कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारि संगठन नेपाले बाँकेमा आफ्नो संगठन विस्तार गरेकोे छ।
संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज याम वहादुर खत्रीको प्रमुख अथित्यमा भएको भेलाले बालकृष्ण चाैधरिकाे अध्यक्षतामा २१ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन बाँके शाखा गठन गरेको हो ।
संगठनकाे उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिव राम सिंह ठकुरी, सह-सचिव रमेश वि.क. र काेषाध्यक्षमा वेदु चौधरी रहेका छन् ।
गठन कार्यक्रममा नेकपा एकीकृत समाजबादी बाँकेका ईन्चाज तथा केन्द्रीय सदस्य अशाेक काेइराला, सह-ईन्चाज तथा केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ, नेकपा एस काेहलपुर ईन्चाज मन्जु काेईराला, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य नवीन वुढा, लक्ष्मी याेगि, गणेश ज्ञवाली तथा वर्दिया अध्यक्ष अमरदेव भारती लगाएतकाे उपस्थित रहेको थियोे ।











