भारतमा नागरिकता कानूनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा ३ जनाको मृत्यु

एजेन्सी :

भारतमा नागरिकता कानूनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा ३ जनाको मृत्यु

 भारतको राजधानी दिल्ली लगायत उत्तर प्रदेश र कर्नाटकमा भएको पछिल्लो विरोध प्रदर्शनमा ३ जनाको मत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

विरोध प्रदर्शन नियन्त्रण गर्ने प्रयासमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा कर्नाटकाको मा २ जना र उत्तर प्रदेशको लखनउमा १ जनाको मृत्यु भएको जनाइएको छ ।


राजधानी दिल्लीमा प्रहरीले १२ सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

देशभरि विरोध प्रदर्शन भइरहँदा भारतको गृह मन्त्रालयले पदाधिकारीहरूको आपत्कालीन बैठक डाकेको छ ।

विरोध नियन्त्रण गर्न सरकारले राजधानी दिल्लीमा मात्रै २० वटाभन्दा बढी मेट्रो स्टेशन बन्द गरको छ भने मोबाइल सेवा अवरुद्ध पारिएको छ ।

राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ नागरिकता कानुनले भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट भारतमा शरण लिँदै आएका मुस्लिमबाहेकका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतीय नागरिकताका लागि बाटो खोलिदिएको छ ।

नागरिकता विधेयक विना शर्त फिर्ता गर्न प्रदर्शनकारीको माग छ ।

प्रतिक्रिया