बाँके : स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरेको छ । मन्त्रिपरिषदको वैठकले २०७९ बैशाख ३० गते सबै स्थानीय तहको निर्वाचन एकै चोटी गर्ने निणर्य गरेसँगै आयोगले मतदाता नावावली संकलन कार्य स्थगित गरेको हो ।
नियम अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था रहेको छ । आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताउनुभयो ।









