बाँके : वीउ बिजन प्रयोगशाला खजुरा बाँकेले चालु आर्थिक वर्ष २०७८÷०७९ का कार्यक्रम सार्वजनिक गरेको छ । चालु र पूँजीगत गरी १ करोड ४५ लाख ५७ हजारको बजेटका विभिन्न कार्यक्रम सार्वजनीक गरीएको हो ।
पूँजीगत बजेट अन्र्तगत प्रयोगशालाका लागि आवश्यक पर्ने मेसीन, औजार, उपकरण खरीद गर्ने लगायत ३ वटा कार्यक्रमहरु सार्वजनीक गरीएको बीउ बीजन प्रयोगशाला खजुरा बाँकेका प्रमुख दिपक सापकोटाले जानकारी दिनुभयो । चालु खर्चको बजेटबाट ८ सय वीउ नमुना परीक्षण गर्ने, २ सय मेट्रिक टन वीउ प्रमाणीकरण गर्ने, बजारबाट वीउ नमुना संकलन, खरीद र परीक्षण गर्ने, प्रदेशस्तरमा वीउ व्यवसायीहरुलाई विउ विउजन गुणस्तर नियन्त्रण सम्वन्धी तालीम दिने, वीउवाली निरीक्षण गर्ने लगायत २१ वटा कार्यक्रम रहेको सापकोटाले बताउनुभयो ।
बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यालयले खरीद इकाइ गठन गरेको, वार्षिक लक्ष्य अनुसारको कार्यक्रमको योजना बनाएको छ ।

यस्तै, कार्यालयमा जनशक्तिको अभाव देखीएको छ । ११ जनाको दरवन्दी रहेकोमा हाल ६ जनाको मात्र पदपुर्ती छ । कार्यालयमा भएका ३ जना कर्मचारी काजमा अन्य कार्यलयमा गएपछि काम गर्न थप समस्या भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देवकोटाले देशमै बाँकेको यो प्रयोगशालामा दक्ष जनशक्ती भएका कारण खासै समस्या नरहेको बताउनुभएको छ ।









