सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुग्यो, चाँदीको मूल्य स्थिर

केहिदिनदेखि लगातार उकालो लागेको सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ । बिहीबार र शुक्रबार लगातार बढेर आज छापावाल सुन प्रतितोला ९४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई दिनमा छापावल सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै आज तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी हिजोको कारोवार मूल्य १ हजार २ सय ८० रुपैयाँमा स्थिर रहेको छ ।

प्रतिक्रिया