बाँके : बाँकेमा पछिल्लो २४ घण्टामा ३१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट १३ जनागरी ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
जमुनाहा सीमानकास्थित हेल्थडेस्कमा भारतबाट फर्किएका ३ सय २३ जनाको एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ६ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८ सय ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४ सय ४ पुगेको छ ।











