नेपालगन्ज, माघ २८ : नेपालगन्ज गत मंसीरमा सम्पन्न म्याराथनको सातौँ संस्करण सफल बनाउन सहयोगी भूमिका खेल्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको छ । आज नेपालगन्जमा आयोजित कार्यक्रममा म्याराथनका सहयोगीहरु धारा तेल उत्पादन कम्पनीका प्रदिप छाछेड, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, भायोनेटलगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा नेपालगन्जका उपमेयर उमा थापामगरले म्याराथनले यसक्षेत्रको खेलसंगै, व्यापार, व्यवसाय, पर्यटन लगायतका क्षेत्रको विकासमा सघाउ पुगेको बताउनुभयो । कार्यक्रममा लुमिबनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव भीम वलीलगायतले बाोल्नु भएको थियो ।

त्यस अवसरमा आठौ सस्करणको नेपालगन्ज म्याराथन बैशाख १ गते संचालन गर्ने तयारी भइरहेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टि एस ठकुरीले जानकारी दिनुभयो ।















