एमसीसीको बिरोधमा नेपालगन्जमा प्रदर्शनको क्रममा धम्बोझी चोकमा तनाव

नेपालगन्ज :

नेपालगन्ज : लामोसमय देखि बिबादास्पद अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बुधबार भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच धक्कामुक्की भएको छ ।

सत्ता गठबन्धन नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोगको प्रयास गरेको थियो ।

धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच करिब १५-२० मिनेट तनावको स्थिति देखा परेको थियो । सोही क्रममा अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो ।

प्रहरी र आन्दोलनकारी बिचको तनाव अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई छोडेपछी साम्य भएको थियो ।

नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा टाएर बालेर एमसिसी चाहिदैन भन्दै चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनमा अनेरास्ववियु केन्द्रिय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका सचिव सुनिल रसाइली, अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेत तथा नेकपा एसका नेताहरू करिश्मा योगि, ऋषि पोखरेल लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया