नेपालगन्जको राष्ट्रीय वाणिज्य बैंक तोडफोड गर्ने एकजना पक्राउ

नेपालगन्ज: बैंक तोडफोड गर्ने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका २ स्थित राष्ट्रीय वाणिज्य बैंक भित्र प्रवेश गरि विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार रहेका कैलाली टिकापुर ९ का २६ वर्षिय सन्जु बिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका बिकको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल बिकमाथि थप आवश्यक अनुसन्धान भैइरहेको बताइएको छ।

प्रतिक्रिया