बैजनाथमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु

कुशल दलामि /बैजनाथ :

बैजनाथमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु

बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित श्री प्रभात माध्यमिक बिद्यालयको खेलमैदानमा शनिबारबाट फुटबल प्रतियोगिता सुरु भएको छ ।

पुर्ब सिचाइ राज्य मन्त्री तथा संविधानसभा सदस्य दल बहादुर सुनारको प्रमुख आतिथ्यमा सम्पन्न खेलको उद्घाटन समारोह पछि सुनारले रेफृलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गरिएको थियो ।

शिवालय युवा क्लबको आयोजनामा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगितामा कुल १४ समुहको सहभागीता रहेको छ ।

प्रमुख अतिथी सुनारले कार्यक्रमलाई सम्बोधन गर्दै शिवालय युवा क्लबले आगामी दिनमा महिला फुटबल प्रतियोगिताको समेत शुरूवात गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा बिकले स्थानीय सरकारका तर्फबाट गर्नसक्ने सहयोगमा कुनै कमि नहुने तथा यसरी नै हरेक बर्ष निरंतरता दिन तत्पर रहेको प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

बैजनाथमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु

श्री प्रभात माध्यमिक बिद्यालयको प्राङ्गणमा शुरुभएको खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु ६६ हजर ६ सय ६६ रुपैयाँ द्वितीय पुरस्कार रु ४४ हजार ४ सय ४४ नगत सहित शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने शिवालय युवा क्लबका सदस्य एवं लयुवा समाजसेवी यज्ञ पुनले बताएका छन् ।

कार्यक्रममा शिवालय युवा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपक कार्कीले खेलाडीहरुलाई खेल मर्यादित बनाउन अनुसासनमा रहि खेल प्रदर्शन गर्न अनुरोध समेत गर्नुभएको छ ।

एक साता चल्ने खुल्ला फुटबल प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुलाई प्रत्येक वडाबाट सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप खसी प्रदान गरिने छ भने आज भएको ३५ माथिको समुह बैजनाथ ५ जि गाउँ र बैजनाथ ६ लालपुर बिचभएको खेलमा १-० ले लालपुर बिजय भएको छ ।

खेलको उद्घाटन कार्यक्रम शिवालय युवा क्लबका सचीव प्रेम बिष्टले सन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया