वडा कमिटी बिस्तारमा नेकपा (एस) बाँके

नेपालगन्ज : नेकपा एमाले संगको बिभाजन पछि अलग पार्टी बनेको नेकपा एकीकृत समाजबादीले बाँकेका स्थानिय तहमा आफुलाई मजबुत बनाउन लागिपरेको छ ।

पछिल्लो समय नेकपा एस बाँकेका नेताहरु स्थानिय तहमा वडा तथा गाउँ कमिटि बिस्तारलाई बढाउदै लगेका हुन् । सोही क्रममा नेकपा एकीकृत समाजबादीले बाँकेको राप्तिसोनारी १ मा आफ्नो कमिटी बिस्तार गरेको छ ।

बाँकेको विकट मानिने राप्तिसोनारी गाउँपालिका वडा नम्बर एकमा नेकपा एसले मीन बहादुर बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

शनिबार सम्पन्न वडा भेलाबाट बुढाथोकी अध्यक्षमा चयन भएको नेकपा एस बाँकेका प्रचार बिभाग प्रमुख करिश्मा योगिले जानकारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य समेत रहेका बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाको प्रमुख अतिथ्यमा भएको भेलामा पार्टिका केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह-इन्चार्ज अब्दुल हुसेन खाको समेत उपस्थिति रहेको थियो ।

नेकपा एस बाँकेले संगठन बिस्तारको कामलाई तिब्रता दिए संगै पछिल्लो समय बाँकेमा एकीकृत समाजबादी बलियो शक्तिको रुपमा उदाएको जानकार बताउछन् ।

प्रतिक्रिया