सुन प्रतितोला १४ सय रुपैयाँले ओरालो लाग्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला १४ सय रुपैयाँले ओरालो लागेको हो । शुक्रबार प्रतितोला ९८ हजारमा कारोबार भएको सुन आज ९६ हजार ६०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलमा ४० रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २९५ रुपैंया कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया