बाँकेमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि

बाँके, फागुन १५ । बाँकेमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ल्याबमा गरिएको ४८ जनाको पीसीआर परीक्षणमा ३ जना र जमुनाहास्थित हेल्थडेस्कमा भारतबाट फर्किएका ३ सय ३१ जनाको एन्टिजेन परीक्षणमा १ जना गरी चार जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका सबै बाहिरी जिल्लाका रहेका छन् । यस्तै आज थप ४ कोरोना सक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया