आदर्श माविद्वारा सनबीम ८८ रनले पराजित

नेपालगन्ज : बाँकेमा मेयरकप प्रतियोगिता शुरु भएको छ। शनिबारदेखि मेयरकप शुरु भएको हो। सुरुको दिन आदर्श मावि नेपालगन्ज र सनबीम मावि नेपालगन्जबीच कोहलपुरको क्रीकेट मैदानमा क्रिकेट प्रतियोगिता सम्पन्न भयो।

खेलमा आदर्श माविले सनबीमलाई ८८ रनले हरायो। आदर्शका डबल अयरले ४० रन बनाए भने आदर्शकै अबिन थापाले नट आउटमा ४० रन बनाएर सनबीमलाई १ सय ६९ रनको लक्ष्य दिएको थियो।

सनबीमका सुगम विसीले २ र दिपेश गौतमले १ विकेट लिए।

१ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सनबीमका अभिष्यक कर्मचार्यले १५ र सुदीप श्रेष्ठले १३ रन बनाउँदा आदर्शका नितेश गुलुङले ४ र भने अबिन थापाले १ विकेट लिँदै थापा “प्लेयर अफ द म्याच” बन्न सफल भएका छन् ।

बाँकी खेल मोर्डन मावि र होपबीच हुने कोच जीवन रावलले जानकारी दिए। यो खेलमा जित्ने टिमले आदर्शसंग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया