नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी निकट अनेरास्ववियुद्वारा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाइ गरिएको छ।
शुक्रबार अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीको सहकार्य र विद्यार्थीहरुको सक्रियतामा क्याम्पसका कक्षा कोठाहरु लगायत क्याम्पस परिसर सरसफाइ गरिएको अनेरास्ववियु महेन्द्र बहुमुखीका सचीव केशर जंग शाहीले जानकारी दिए।
शिक्षा लिने जस्तो पवित्र स्थललाई सफा राख्नुपर्छ भन्ने मनसायले सरसफाइ कार्यक्रम आयोजना गरिएको बताइएको छ।
सरसफाइ कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस कमिटी अध्यक्ष टेकेन्द्र रावल , नगर अध्यक्ष उज्वल गिरि , जिल्ला कमिटी अध्यक्ष इन्द्र बस्नेत लगायत बिबिएस संकायका विद्यार्थीहरुको सहभागीता रहेको थियो।












