काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानविच भर्चुअल संवाद हुने भएको छ ।
सलमानलाई नेपाल ल्याउन लागेको ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भर्चुअल छलफल हुन लागेको जनाएको छ ।
उनीहरु विच यसैसाता हुने भर्चुअल संवादमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल हुने भएको छ । उक्त भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन् ।
त्यस अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ पनि दिनेछन् । ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागेको हो ।









