नेपालगन्जमा चैत्र ८ गते ‘एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर’ हुँदै

नेपालगन्ज :

पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ।

मुख्यतया अमेरिका, अष्ट्रेलिया , क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्।

यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले “एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२”को आयोजना गर्नेभएको छ।एजुकेसन फेयर चैत्र ७ गतेदेखि नेपालका १० प्रमुख शहरमा हुने बताइएको छ।

नेपालगन्जमा भने उक्त एजुकेसन फेयर यहीँ चैत्र ८ गते एक्सपर्ट एजुकेशन नेपालगन्ज शाखाको कार्यालयमा हुने शाखा प्रबन्धक सुनिल खड्काले बताए।

नेपालगन्ज शाखाका प्रबन्धक खड्काका अनुसार मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने इच्छा एवम् सोच बनाएका विद्यार्थीलाई निशुल्क काउसिलिङ गर्ने उद्देश्यले एजुकेसन फेयरको आयोजना गर्न लागिएको हो।

एजुकेसन फेयरमा अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूकेका करिब २८ कलेजका प्रतिनिधिद्वारा विद्यार्थीलाई काउन्सिलिङ गराइनेछ । फेयरमा करिब २ सय बढी विद्यार्थीहरु सहभागी हुन सक्ने अनुमान गरिएको छ।

एजुकेसन फेयरबाट विद्यार्थीहरुलाई धेरै सहायता मिल्ने समेत अनुमान गरिएको छ। काउन्सिल निशुल्क हुनेछ।

प्रतिक्रिया