नेकपा माओवादी केन्द्र बाँकेको संयोजकमा तुफान मनोनीत

नेपालगन्ज :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँकेको संयोजकमा डम्मरबहादुर विक (तुफान) मनोनीत भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको मिति २०७८ चैष २ गते बसेको बैठकले गरेको तुफानलाई बाके जिल्ला संयोजकमा मनोनीत गरेको हो ।

त्यस्तै बैठकले खेम नारायण पराजुलीलाई उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा मनोनीत समेत गरेको छ ।

बैठकले नै दान बहादुर ओलीलाई अध्यक्ष ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा समेत मनोनीत गरेको छ ।

प्रतिक्रिया