कहाँ गए कान्जी हाउसको ती गाई ?

मात्र ३० बाकि


नेपालगन्ज :

कहाँ गए कान्जी हाउसको ती गाई ?

भदौ दोस्रो साता नेपालगन्ज वडा नम्बर २१ मा रहेको कान्जी हाउसबाट दैलेखको शीरस्थान लैजाने क्रममा दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालेको खबरले नेपालगन्ज , सुर्खेत तथा दैलेख मात्रै नभएर सिङ्गो देश नै एकाएक तरङ्गित बन्यो ।

घटनाको करिब दुइ महिना पछि नागरिक समाजको टिम भिडियो रिपोर्टको क्रममा नेपालगन्जको कान्जी हाउस पुगेको थियो । उक्त समयमा कान्जी हाउसमा करिब १५० बढी गाइबस्तु थिए ।

त्यसपछि लगातार रुपमा गाइ-गोरु तस्करीको खबर दिनप्रतिदिन छापा तथा अन्लाईनमा प्रकाशन भए , विभिन्न दलका भातृ संगठनले समेत गाई तस्करीको बिरुद्धमा प्रदर्शन तथा अनुगमन गरे पनि बाँकेको विभिन्न स्थानबाट गाई तस्करी बढेको नागरिकहरुको गुनासो छ ।

उता नेपालगन्जको कान्जी हाउसमा रहेका गाईगोरु भने दिन प्रतिदिन घटीरहेका छन् । करिब दुई ढाई महिना अगाडि १५० को हाराहारीमा रहेको गाई-गोरुको संख्या हाल ३० मा झरेको छ ।

कहाँ गए कान्जी हाउसको ती गाई ?

उपमहानगरपालिका कर्मचारीका अनुसार नयाँ गाई गोरु कान्जी हाउसमा नथपेको स्पस्टिकरण दिएको छ भने कान्जी हाउसमा रहेको गाई- गोरु इच्छुक गाउँलेलाई दिएको बताएको छ । कान्जी हाउस हेर्ने नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी राकेश भारतिका अनुसार गाउँलेहरुले गाई लगेकाले गाईको संख्यामा कमि आएको बताए । तर उनले कति संख्यामा गाउँलेले गाई-गोरुहरु लगेर गए तथ्यांक दिन सकेका छैनन् । पटक पटक भारती संग सम्पर्क गर्दा उनले कहिले उपमहानगरपालिकाको पशु सेव शाखामा तथ्यांक रहेको बताउने गर्छन ।

भारतीकै अनुसार नागरिक समाजको टिमले उपमहानगरपालिकाको पशु सेवा शाखाका कर्मचारी लक्ष्मि चन्दलाई सम्पर्क गर्दा सो को बिवरण आफू संग नभएको बताएकि छन् । चन्दले कान्जी हाउस हेर्ने पवन कनोजियालाई सम्पर्क गर्न अनुरोध गरेपछी उहाँलाई सम्पर्क गर्दा उहाँले पुन राकेश भारतीलाई सम्पर्क गर्न अनुरोध गरे । पुनः भारतीलाई सम्पर्क गर्दा भने उनको फोन उठ्न सकेन ।

बाँकेका विभिन्न स्थानबाट गाई गोरु तस्करीको गुनासो र समाचार संचारमाध्यममा आइ रहदा नेपालगन्जको कान्जी हाउसमा रहेको गाई-गोरुहरुको संख्यामा कमि आउनु प्रश्न चिन्ह खडा भएको छ ।

कान्जी हाउसको गाई मरेका हुन वा गाउँलेले नै लगेका हुन् सो को तथ्यांक उपलब्ध गराउन कान्जीहाउसले आनाकानी गरि रहदा केहि हप्ता अगाडि एनिमल एक्टिभिस्ट समेत रहेकी एनिमल नेपालका अध्यक्ष प्रमोदा शाहको टोलिले कान्जी हाउसको भ्रमणका क्रममा कान्जी हाउसको गाउबस्तुको अवस्थामा चिन्ता समेत ब्यक्त गरेका थिए ।

कहाँ गए कान्जी हाउसको ती गाई ?

प्रतिक्रिया