अमेरिकाको कारण रुस र भारत मालामाल

अमेरिकाले युक्रेनमाथि आक्रमण गरेको कारण देखाउँदै रुसमाथि आर्थिक नाकाबन्दी लगाएपछि त्यसैको मौका छोपेर विश्वका कतिपय राष्ट्रले रुससँग अरबौं डलरको व्यापार शुरु गरेका छन् ।

विशेषगरी भारतलगायतका मुलुकले रुसको तेल र ग्यास सस्तोमा खरिद गर्न थालेपछि अमेरिका र उसका सहयोगी मुलुकहरु अप्ठेरोमा परेका हुन् ।

यसअघि अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुँदै आएको अमेरिकी डलरको प्रयोगलाई अहिले रुस र उसका व्यापारिक साझेदार मुलुकले रुसी मुद्रा रुबलबाट बिस्थापित गरिदिएका छन् ।

भारत र रुसबीच भएको पछिल्लो व्यापारिक समझदारीमा रुसले बिक्री गरेको तेल र ग्यासको मूल्य रुबलमा भुक्तानी लिने र उसले भारतबाट आयात गरेको सामानको मूल्य भारतीय रुपैयाँमा भुक्तानी गर्ने भएका छन् ।

अहिले भारतले निकै सस्तो दरमा रुसबाट पेट्रोलियम पदार्थ आयात गर्न थालेको छ । ऊर्जा संकटबाट गुज्रिरहेको भारतले रुबलमा विशेषगरी पेट्रोलियम पदार्थ र ग्यासको कारोबार गर्न पाउँदा र सस्तोमा किन्न पाउँदा उसको ऊर्जा संकट टर्ने विश्लेषण गरिएको छ ।

भारतले ८६ प्रतिशत पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्दै आएको छ । भारतले यो साताको प्रारम्भमा कच्चा तेल औसमा एक सय नौ डलर प्रतिब्यारेल खरिद गरेको छ ।

अघिल्लो महिना उक्त भाउ प्रतिब्यारेल एक सय २८ दशमलव २४ डलर थियो । युक्रेन समस्याअघि उक्त भाउ प्रतिब्यारेल ९५ दशमलव ४७ डलर रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया